यस्ता छन् एडिबीले देखेका अर्थतन्त्र सुस्ताउनुका ४ कारण - Chaitanya News
  • 2026-05-01
  • 23:04:18
  • शुक्रबार,बैशाख १८, २०८३
  • यस्ता छन् एडिबीले देखेका अर्थतन्त्र सुस्ताउनुका ४ कारण

    यस्ता छन् एडिबीले देखेका अर्थतन्त्र सुस्ताउनुका ४ कारण

    काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।

    बैंकले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकले ४.१ प्रतिशतमा आर्थिक वृद्धि सीमित रहने प्रक्षेपण गरेको हो।

    अर्थतन्त्र सुस्ताएको कारण आर्थिक वृद्धि अपेक्षित हुन नसकेको औल्याएको छ।

    उच्च ब्याजदर, लामो समय आयात प्रतिबन्ध, घरेलु उपभोगमा मन्दी र समस्टिगत माग घटेका कारण आर्थिक वृद्धिदर उल्लेख गरिएको छ।

    सन् २०२२ मा ५.८ रहेको वृद्धिदर २०२३ मा खुम्चिएर ४.१ प्रतिशतमा झर्ने एडिबीको अनुमान छ।

    आगामी वर्ष भने आर्थिक वृद्धिले पुनः गति लिने एडिबीले जनाएको छ।

    सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो।

    एडिबीले महँगी दर सन् २०२३ को अन्तयसम्म उक्लिएता पनि आगामी वर्ष भने कम हुने जनाएको छ। आउँदो वर्ष ६.२ प्रतिशतसम्म मुद्रास्फिति दर पुग्ने अनुमान छ।

    ब्याजदर वृद्धिले रियल इस्टेट, थोक र खुद्रा व्यापारको विस्तार सुस्ताए पनि पर्यटन क्षेत्रको पुनरागमन बलियो देखिएको एडिबीले जनाएको छ।