लघुवित्त संस्थाहरुले ऋणीबाट असुलेको अतिरिक्त १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गराइयो : सरकार - Chaitanya News
  • 2026-05-01
  • 23:02:15
  • शुक्रबार,बैशाख १८, २०८३
  • लघुवित्त संस्थाहरुले ऋणीबाट असुलेको अतिरिक्त १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गराइयो : सरकार

    लघुवित्त संस्थाहरुले ऋणीबाट असुलेको अतिरिक्त १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गराइयो : सरकार

    काठमाडौँ– सरकारले लघुवित्त वित्तीय संस्थाहरुले ऋणीहरुबाट असुलेको अतिरिक्त १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गराइएको दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सफलतापूर्वक आफ्नो एक सय दिन पूरा गरेको अवसरमा सोमबार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो। यस्तै, लघुवित्तहरुले तोकिएको १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, एउटा ग्राहकले एउटाभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था समेत गरिएको सरकारको दाबी छ।

    प्रतिवेदनमा आर्थिक एवम् बैंकिङ क्षेत्रका समसामयिक विषयवस्तुमा छलफल गरी समस्या समाधान गर्न प्रधानमन्त्रीको सक्रियतामा निजी क्षेत्र, नेपाल बैंकर्स संघ र नेपाल राष्ट्र बैंक समेतको सहभागितामा उच्चस्तरीय बैठकमा छलफल गरिएको जनाइएको छ। यी सुधारका प्रयासको फलस्वरुप अर्थतन्त्रका बाह्य क्षेत्रका महत्वपूर्ण सूचकहरु जस्तैः सोधनान्तर स्थिति, चालूखाता, विप्रेषण आप्रर्वाह, विदेशी विनिमय सञ्चितिमा सुधार आएको सरकारले जनाएको छ।