काठमाडौं–सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। कारोबार साताको पहिलो दिन आज नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स ३.७२ अंकले ओरालो लागेर ३५५.७५ विन्दुमा अडिएको छ। आज २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भयो।
आज कालिञ्चोक दर्शनको सेयर मूल्य ९.९६ प्रतिशतले बढ्यो। यस्तै सिटिजन्स म्युचुअलको ६.१० प्रतिशतले सेयर मूल्य बढ्यो। यसदिन दुई कम्पनीको मूल्य ९ प्रतिशत बढिले घट्यो। स्वाभिमान लघुवित्त वित्तीयको ९.६१ र प्रभु बैंक डिवेन्चरको ९.६० प्रतिशतले घट्यो।
कारोबारमा आएका १३ उपसमूहका सूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको सूचक सर्वाधिक २.५८ प्रतशतले घट्दा बैंकिङ,डेभलपमेन्ट बैंक,फाइनान्स, हाइड्रो पावर, इन्भेस्टमेन्ट उपसमूहको सूचक १ प्रतिशतले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ५करोड ५ लाख ६२ हजार ४८५ रुपैयाँको सेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्टको ४ करोड र रिडी पावरको ३ करोड बढिको सेयर कारोबार भयो।