आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ? - Chaitanya News
  • 2026-05-01
  • 23:02:15
  • शुक्रबार,बैशाख १८, २०८३
  • आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

    आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

    काठमाडौं –  साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सय रूपैयाँले घटेर एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोला एक लाख ८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, चाँदीको मूल्य भने आइतबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।