प्रणाम नारी - Chaitanya News
  • 2026-05-24
  • 20:37:51
  • आइतबार,जेठ १०, २०८३
  • नारी तिमी अपार दया कि खानी
    बनाउन राजा,बनी दिन्छ्यौं रानी!

    अपवित्र पारिन्छ किन तिमिलाई?
    आफैंमा हौ निश्चल पवित्र पानी!

    सुन्दर हुनु तिम्रो सौभाग्य हैन र?
    प्रहार गरिन्छ,किन छानी छानी?

    ठगिन्छ्यौ हरदम सबै बाट नित्य
    गर्दिन्छ्यौ विस्वास आफन्त ठानी!

    माग्नु छैन जानेको कसै संग केही
    दाता तिमी सबकुछ दिने महा दानी!

    सहन गरि दोष आत्मसात गर्छ्यौ
    रह्यो तिम्रो सदा क्षमा प्रमुख बानी!

    ममताकि भण्डार साक्षात हौ देवि
    गर्दिनौ कुनै पनि गल्ती जानि जानी!

    त्याग र समर्पण कि हौ प्रतिमुर्ति
    भोग्नुपरेको छ सबैतिरबाट हानी!

    मानव जगतकी धरोहर हौ तिमी
    पुजोस जगतले जन्मदात्री मानी!

    – ओझा सुप साहित्य समाजका कार्यसमिति सदस्य हुन्।