प्रधानमन्त्री प्रचण्ड पतनोन्मुख यात्रामा रहेको एमाले महासचिवको टिप्पणी - Chaitanya News
  • 2026-05-19
  • 23:14:21
  • मंगलबार,जेठ ०५, २०८३
  • प्रधानमन्त्री प्रचण्ड पतनोन्मुख यात्रामा रहेको एमाले महासचिवको टिप्पणी

    प्रधानमन्त्री प्रचण्ड पतनोन्मुख यात्रामा रहेको एमाले महासचिवको टिप्पणी

    काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनोन्मुख यात्रामा रहेको टिप्पणी गरेका छन्।

    पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उग्रवापन्थी अतिवाद पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय अत्मसमर्णवादमा पुग्छ भन्ने देखिएको बताएका छन्।

    पोखरेलले लेखेका छन्, ‘उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दै छ प्रचण्डको पतनोन्मुख यात्रा।’ ।

    चुनावपछि एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिएको छ। सरकारबाट बाहिरिएसँगै एमालेका नेताहरु माओवादीविरुद्ध खनिन थालेका छन्।