प्रधानमन्त्री प्रचण्डले गरे च्यासल रंगशालाको उद्घाटन - Chaitanya News
  • 2026-07-05
  • 04:52:03
  • शनिबार,आषाढ २०, २०८३
  • प्रधानमन्त्री प्रचण्डले गरे च्यासल रंगशालाको उद्घाटन

    प्रधानमन्त्री प्रचण्डले गरे च्यासल रंगशालाको उद्घाटन

    काठमाडौं– दशरथ रंगशालाको विकल्पको रुपमा तयार पारिएको च्यासल रंगशालाको उद्घाटन भएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रंगशालाको उद्घाटन गरेका हुन्।

    ललितपुर महाननगरपालिका ९ स्थित बागमती किनारको करिव ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो।

    २०७४ मा स्तरोन्नतीसहित पुनर्निर्माण थालिएको थियो। अब १९ फागुनदेखि सुरु हुने ए डिभिजन लिगका खेलहरु यहाँ खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ।