चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 728 of 1151
  • 2026-11-21
  • 11:54:33
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सुन प्रकरणमा उच्चस्तरीय छानबिनमा अर्को समिति आवश्यक छैन : जनार्दन शर्मा

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन्। आज (बुधबार) पत्रकारहूसंग कुरा गर्दै उनले यस्तो बताएका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको बेलामा सरकारले अनुसन्धान गरिरहेको बेलामा अर्को समिति नचाहिने बताए। यस्तै उनले राजस्व अनुसन्धान विभागले आफ्नो अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘अनुसन्धान गर्ने निकाय सरकारकै हो। सरकारकै निकायले काम गरिराखेका छन् । सरकारले पक्रेको छ। सरकारले नै पक्रेको कुरामा सरकारले अनुसन्धान गर्न नसक्दा, अनुसन्धान नहुँदा सत्य तथ्य पत्ता नलाग्दा उच्च स्तरीय पनि आवश्यकता पर्दा बनाउनुपर्ला। सरकारले पक्रेको कुरामा अहिले उच्चस्तरीय छानबिन समितिको आवश्यकताभन्दा पनि अनुसन्धान अघि बढाएर आएको तथ्य आइसकेपछि हो वा होइन भन्ने कुराको टीकाटिप्पणी गर्ने ठाउँ भइहाल्छ नि।’ उनले एमालेलाई अहिले सरकारकै निकायले गरिरहेको छानबिनमा सहयोग गर्न आग्रह गरे। ‘अहिले छानबिन गर्न दिनुस्। चित्त नबुझ्दा तपाईँहरूले भनेको कुरा पनि उठ्ला उनले’ भने। उनले २२ गतेसम्ममा सदन खुलाउने विषयमा सहमति हुने विश्वास व्यक्त गरेका छन्।

News by सुन प्रकरणमा उच्चस्तरीय छानबिनमा अर्को समिति आवश्यक छैन : जनार्दन शर्मा :