चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 377 of 1156
  • 2026-11-24
  • 04:17:41
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रतिनिधि सभा निर्वाचन: बैतडीमा पाँच हजारभन्दा बढी मत बदर

काठमाडौँ– गत बिहिबार) सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा पाँच हजार ११३ मत बदर भएको छ। जिल्ला निर्वाचन कार्यालयले आइबार प्रकाशित गरेको अन्तिम मतगणनामा ७२ हजार ८४३ मत खसेकोमा ६७ हजार ७३० मत सदर भएका थिए। जिल्ला निर्वाचन कार्यालयले मत बदरको संख्या कम गर्न फागुन ३ देखि १७ गतेसम्म ८४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। तर, अपेक्षा अनुसार बदर मतको संख्या कम हुन सकेको छैन। सन्दर्भका लागि, २०७९ सालको प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनमा बैतडीमा ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको थियो।

News by प्रतिनिधि सभा निर्वाचन: बैतडीमा पाँच हजारभन्दा बढी मत बदर :