चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1106 of 1116
  • 2026-10-16
  • 22:30:53
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल

काठमाडौं– नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), महान्यायाधीवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए। कल्याणकारीणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी र रुकमिणी चौधरी सहभागी थिए। छलफलमा थारु कल्याणकारीणीसभाले सरकारसँग राखेका मागका सम्बन्धमा कुराकानी भएको थियो। कल्याणकारिणी सभाले राखेका मागबारे भएको छलफल सकारात्मक भएको प्रवक्ता पोखरेलले जानकारी दिए। समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नो तर्फबाट गृहकार्य गरेर पुनः बस्ने निष्कर्षसहित सकिएको पहिलो छलफल सकारात्मक भएको प्रवक्ता पोखरेलले बताए।

News by नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल :