चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 715 of 1160
  • 2026-11-26
  • 08:39:33
  • बिहिबार,मंसिर ११, २०८३

About Author

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ। सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो। एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा अवरोध नहुने जानकारी दिएका छन्।

News by प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने :