चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 383 of 1158
  • 2026-11-24
  • 19:21:54
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

गगन थापाले अमरेशलाई बधाई दिँदै भने: ’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’

काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नेता डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन्। आज (आइतबार) थापाले सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै सिंहलाई बधाई दिएका हुन्। थापाले यस क्षेत्रमा आफूले देखेका समस्या तथा चुनौतीहरूको समाधान गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्या तथा चुनौतीहरूको समाधान गर्न मेरो पहल र क्षमताभित्रका सम्भावित कार्यहरू निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु। ।’ उनले निर्वाचनको समयमा विश्वास र मतदाताबाट पूर्ण समर्थन प्रदान गर्ने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेका छन् ।

News by गगन थापाले अमरेशलाई बधाई दिँदै भने: ’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’ :