चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1087 of 1115
  • 2026-10-14
  • 22:32:04
  • बुधबार,आश्विन २८, २०८३

About Author

जम्मै आफूले लिने, उब्रेको हामीलाई दिने : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा धेरै सिट आफूले लिएर अरु दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्। पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन।’ दुबै पक्षलाई फाइदा हुने हो भने मात्र गठबन्धन हुन सक्ने भन्दै उनले फाइदा नहुने हो भने गठबन्धन गर्नुको अर्थ नहुने बताए । ‘फाइदा हुने हो भने गठबन्धन हुने हो, फाइदा हुँदैन भने बलिदान हुन सक्दैन’ उनले भने। नेता नेपालले दलहरुमा नेता व्यवस्थापन गर्न कठिन भए पनि अप्ठेरोमा साथ दिएको कुरा विर्सन र आफूहरुको भूमिकाको अवमूल्यन गर्न नहुने बताए। यद्यपि सत्तारुढ गठबन्धनमा कुरा मिल्ने र सिट बाँडफाँट छिटो टुंग्याउने उनले आश्वासन दिए। अध्यक्ष नेपालले नेता कार्यकर्तालाई गाउँ जान र भोट माग्न आग्रह गरे । ‘काठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नुस् जिल्लामा जानुस् निर्वाचन क्षेत्रमा जानुस्’ उनले भने। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा धेरै ठाउँमा आफ्नो उम्मेदवार नै नभएका कारण धेरै मत नआएर पार्टीलाई घाटा लागेको अध्यक्ष नेपालले बताए।

News by जम्मै आफूले लिने, उब्रेको हामीलाई दिने : माधव नेपाल :