चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1064 of 1115
  • 2026-10-15
  • 08:09:03
  • बिहिबार,आश्विन २९, २०८३

About Author

अनशनरत डा. केसी आफ्नै खर्चमा गए काठमाडौं

धनगढी- स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं गएका छन्। सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए। उनी अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाडौं गएका हुन्। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए। स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए। मंगलबार सम्म माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं जान सहमत भएका हुन्। काठमाडौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार दिइने जनाइएको छ। स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो। तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौं फर्केको थियो।

News by अनशनरत डा. केसी आफ्नै खर्चमा गए काठमाडौं :