चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 373 of 1160
  • 2026-11-25
  • 16:18:21
  • बुधबार,मंसिर १०, २०८३

About Author

राष्ट्र बैंकले दियो असार मसान्तसम्म पुनर्तालिकीकरण सुविधा

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ। यसअघि मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरिएको व्यवस्थालाई निर्देशन जारी गर्दै बैंकले कार्यान्वयनमा ल्याएको हो। बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा मात्रै आगामी असार मसान्तसम्म यस्तो कर्जा पुनर्तालिकीकरण गर्न सक्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ। यसरी गरिएको कर्जा पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण भएको मानिने छैन’ राष्ट्र बैंकले निर्देशनमा भनेको छ। बैंक तथा वित्तीय संस्थाले चालू पूँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म) चालू पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत आवश्यकता पहिचान भएमा ‘स्थायी चालू पूँजी आवश्यकता’का लागि आवधिक प्रकृतिको चालू पूँजी कर्जा प्रदान गर्न सक्ने निर्देशनमा उल्लेख छ। चालू पूँजी कर्जाका विभिन्न खातामध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्नेगरी व्यवस्था गरिएको छ। यसअघि १० प्रतिशतको सीमा थियो।

News by राष्ट्र बैंकले दियो असार मसान्तसम्म पुनर्तालिकीकरण सुविधा :