चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1026 of 1160
  • 2026-11-25
  • 18:49:41
  • बुधबार,मंसिर १०, २०८३

About Author

राप्रपाको सरकारलाई समर्थन मात्र

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने भएको छ। नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्‍ने क्रममा बानेश्वर पुगेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूको प्रश्‍नमा यस्तो बताएका हुन्। राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन्। बैठकका लागि शीर्ष नेताहरू आउनेक्रम सुरु भएको छ। बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी सहभागी हुँदैछन्। बैठकमा उपस्थित हुन बैठकले नयाँ सरकार गठनबारे छलफल गर्नेछ। यो बैठकले सबै दललाई मन्त्रालय भागवण्डाको विषय पनि टुंगो लगाउनेछ। नेपाली कांग्रेसले आफ्नो अडान नछाड्दा पुरानो गठबन्धन टुटेर आइतबार नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।