चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 708 of 1163
  • 2026-11-27
  • 11:30:45
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

बढ्यो सुनको मूल्य

  काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको एक हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।