चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1088 of 1116
  • 2026-10-16
  • 23:55:00
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

टी–२० आईमा सर्वाधिक विकेट लिनेमा सन्दीप शीर्ष १० भित्र

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने शीर्ष १० भित्र परेका छन्। केन्या भ्रमणमा पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १२ विकेट लिएपछि सन्दीपको विकेट संख्या ८५ पुगेको छ। सन् २०१८ मा आईसीसी वर्ल्ड एघारबाट खेल्दै टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले ४४ खेल खेल्दै ८५ विकेट लिएका हुन्। सन्दीपले १६६.५ ओभर बलिङ गर्दा ३ मेडन राखेका छन् भने एक हजार ६८ रन खर्चेका छन्। उनको इकोनोमी ६.४० र औषत १२.५६ रहेको छ। सन्दीपले एक पटक एकै खेलमा ५ विकेट र दुई पटक एकै खेलमा ४ विकेट लिएका छन्। केन्या विरुद्धको चौथो खेलमा सन्दीपले टी–२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ प्रदर्शन (५–९) गरेका थिए। उनले केन्यामा पाँच मध्ये खेलमा विकेट लिँदा एक खेलमा विकेटविहीन बने। सन्दीप केन्यामा सम्पन्न टी–२० शृंखलाको म्यान अफ दि सिरिज समेत बने। पाकिस्तानका दुई पूर्व बलर उमर गुल र साइद अजमलले पनि ८५ विकेट नै लिएका छन् । तर उनीहरु सन्दीप भन्दा पछि छन्। टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बंगलादेशका कप्तान शकिब अल हसन हुन् भने अहिलेसम्म जम्मा चार खेलाडीले एक सय भन्दा बढी विकेट लिएका छन्। शकिबले युएईमा भइरहेको एसिया कपमा मंगलबार राती अफगानिस्तान विरुद्ध खेल्दै एक सय खेल समेत पूरा गरे। उनले १२२ विकेट लिइसकेका छन्। बंगलादेश विरुद्ध ३ विकेट लिएपछि अफगानिस्तानका रासिद खान ११५ विकेटसहित दोस्रो स्थानमा उक्लेका छन्। न्युजिल्याण्डका टिम साउदीले ११४ र श्रीलंकाका लासिथ मालिंगाले १०७ विकेट लिएका छन्। न्युजल्याण्डका इश सोधीले ९९, पाकिस्तानका पूर्व खेलाडी शाहिद अफ्रिदीले ९८, बंगलादेशका मुस्ताफिजुर रहमानले ९१ र इंग्ल्याण्डका क्रिस जोर्डनले ९० विकेट लिएका छन्। सन्दीप भन्दा अघि रहेका मालिंगा र अफ्रिदीले सन्यास लिइसकेका छन्। अहिलेसम्म रासिद खानले सबैभन्दा छिटो टी२० मा १०० विकेट लिएका छन्। उनले ५३ खेलमा उक्त उपलब्धी हासिल गरेका थिए भने यसका लागि ६ वर्ष लागेको थियो। सन्दीपले अब ८ खेलमा १५ विकेट लिएमा टी २० अन्तर्राष्ट्रियमा छिटो १०० विकेट लिने खेलाडी बन्नेछन्।

News by टी–२० आईमा सर्वाधिक विकेट लिनेमा सन्दीप शीर्ष १० भित्र :