चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 24 of 1113
  • 2026-10-13
  • 02:34:59
  • सोमबार,आश्विन २६, २०८३

About Author

सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकियो

काठमाडौं– आज (सोमबार) सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ। यो ०.६२ प्रतिशतको गिरावट हो। आज कारोबार भने ५ अर्ब नाघेको छ। सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भयो। जसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबर कारोबार भएको छ। आज व्यापारबाहेक सबै उपसूचकको मूल्य घट्यो। जसको प्रभाव समग्र बजारमा देखिएको छ। आज सबैभन्दा धेरै निर्जीवन बीमाका लगानीकर्ताले १.२० प्रतिशतले घाटा बेहोरेका छन्। सोमबार केबीएल डिभेन्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढ्यो। लक्ष्मी सनराइज डिभेन्चरको मूल्य १० प्रतिशतले वृद्धि भयो। प्राइम बैंक डिभेन्चरको मूलय ८.८३ प्रतिशतले बढ्यो। हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घट्यो। यसबाहेक इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड,धौलागिरि लघुवित्त वित्तीय संस्था लगायत धितोपत्रको मूल्य समेत धेरैले घटेको छ । आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकम कारोबार भयो। हाथवेको सबैभन्दा धेरै वटा कारोबार भए।

News by सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकियो :