चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-24
  • 05:24:13
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रमुख प्रशासकीय अधिकृतदेखि उपसचिवसम्म १२४ कर्मचारीको सरुवा,हेर्नुहोस् सुची

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तह र सेवाका १२४ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको पछिल्लो निर्णयसँगै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतदेखि उपसचिव, शाखा अधिकृत र नायब सुब्बासम्मका कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालयले कात्तिक र मंसिर महिनामा गरेका १० वटा छुट्टाछुट्टै निर्णयमार्फत कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो। कात्तिक १२, १७ र २७ गते तथा मंसिर २, ३ र ४ गते भएका निर्णयबाट विभिन्न निकायमा कार्यरत कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको छ। मन्त्रालयको विवरणअनुसार कात्तिक १२ गते ७ जना, १७ गते १४ जना र २७ गते २ जना कर्मचारीको सरुवा गरिएको थियो। त्यस्तै, मंसिर २ गते ६ जना, ३ गते ४८ जना र ४ गते ४७ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय भएको छ। यसपटकको कर्मचारी हेरफेरमा स्थानीय तह र संघीय निकायबीचको सरुवालाई पनि प्राथमिकता दिइएको देखिन्छ। केही कर्मचारीलाई संघीय मन्त्रालय तथा विभागबाट स्थानीय तहमा पठाइएको छ भने स्थानीय तहमा कार्यरत कर्मचारीलाई संघीय निकायमा जिम्मेवारी दिइएको छ। विशेषगरी विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी उपसचिव तथा शाखा अधिकृतहरूलाई कामकाजमा खटाइएको छ। यससँगै केही स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई अन्य स्थानीय तह तथा संघीय निकायमा सरुवा गरिएको छ। त्यस्तै, नापी सेवाअन्तर्गत प्रमुख नापी अधिकृतहरूको जिम्मेवारीसमेत हेरफेर भएको छ। केही कर्मचारीलाई मन्त्रालयको अतिरिक्त समूहमा राखेर विशेष नापी कार्यालयमा काजमा खटाइएको छ। सरुवाको सूचीमा प्रशासन सेवाका अतिरिक्त इन्जिनियरिङ, शिक्षा तथा विविध सेवाका कर्मचारी पनि समेटिएका छन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत तथा नापी कार्यालय, विभिन्न विभाग र स्थानीय तहमा कार्यरत कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको छ। मन्त्रालयका यी निर्णयले विभिन्न सरकारी निकाय तथा स्थानीय तहको प्रशासनिक जनशक्ति व्यवस्थापनमा फेरबदल ल्याएको छ। को कहाँ पुगे ? हेर्नुहोस् १२४ कर्मचारीको सरुवा तथा कामकाजमा खटाइएको पूर्ण विवरण :

News by प्रमुख प्रशासकीय अधिकृतदेखि उपसचिवसम्म १२४ कर्मचारीको सरुवा,हेर्नुहोस् सुची :