चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1079 of 1115
  • 2026-10-15
  • 18:27:13
  • बिहिबार,आश्विन २९, २०८३

About Author

कर्मचारीको सहयोग विना देश अघि बढ्न सक्दैन : प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताएका छन। बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताएका हुन। प्रधानमन्त्री देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताए। देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले भने जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको विकास हुँदैन। सत्य कुरा हो। अस्थायी सरकार हो यो। अब जनताले भोट दियो भने अर्को आउँछ। यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो? राजनीतिक दलहरु मात्रै हो कि ब्युरोकेसी पनि हो? किन काम भइरहेको छैन, अहिले यहाँ? व्यापक छलफल गरौँ। पाँच वर्षका लागि हार्ने हार्छ र जित्ने आउने हो। तपाईंहरु त पेन्सनसम्म हुनुहुन्छ नि। काम नै भएको छैन, दुर्गति छ, देशको। यसको व्यापक छलफल हुन जरुरी छ। बाटो बन्छ तर कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ। बस्दै बस्दैनन्। त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ।’ प्रधानमन्त्रीले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए। उनले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे।

News by कर्मचारीको सहयोग विना देश अघि बढ्न सक्दैन : प्रधानमन्त्री देउवा :