चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 633 of 1156
  • 2026-11-23
  • 19:26:53
  • सोमबार,मंसिर ०८, २०८३

About Author

तिहारमा चिनी अभाव नहुने 

काठमाडौं । नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए ।   “भारतले २५ हजार मेट्रिकटन चिनी दिने भर्खरै खबर आएको छ । २५ हजार मेट्रिकटन चिनी जीटूजी प्रक्रियाबाट ल्याउने कुरा भएको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीबाट यो चिनी ल्याइनेछ,” उनले भने, “साल्ट टेड्रिङले प्रक्रिया आजबाट नै थालेको छ । तिहार अगाडि नै चिनी नेपाल आइपुग्छ ।”   उद्योगीबाट तीन हजार मेट्रिकटन चिनी विभागको सहकार्यमा बजारमा आएको महानिर्देशक चिलुवालले बताए । भारतबाट जिटूजीबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाब हट्ने उनको भनाइ छ ।