चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 892 of 1152
  • 2026-11-22
  • 11:33:37
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सेनाले माग्यो द्रूतमार्गका लागि विज्ञसहित १७ कर्मचारी

काठमाडौं -  काठमाडौं तराई-मधेश द्रूतमार्ग सडक (फास्ट ट्रयाक) आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ । नेपाली सेनाले बिहीबार सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ । आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्ती, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियरलगायतका कर्मचारी मागिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने छन् । निवेदन आफ्नो बायोडाटासहित इमेल वा भौतिकरुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने छ । यो जनशक्तिले नेपाली सेनासँग समन्वय गरी योजना र निर्माणलाई समयमै सम्पन्न गर्न भूमिका खेल्नु पर्नेछ ।

News by सेनाले माग्यो द्रूतमार्गका लागि विज्ञसहित १७ कर्मचारी :