चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 984 of 1152
  • 2026-11-22
  • 10:35:14
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं-  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (सोमबार) जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुने भएको छ । पाटन उच्च अदालतको आदेशबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेको मुद्दामा सोमबार जिल्ला अदालतमा पेशी तोकिएको हो । धरौटीमा छुटेपछि लामिछाने क्रिकेट अभ्यासमा समेत लागिसकेका छन् । गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछानेले त्यसविरुद्ध उच्च अदालतमा अपिल गर्दै थुना बाहिरै बसेर पुर्पक्ष गर्न माग गरेका थिए । यसअघि पक्राउ परेसँग उनलाई निलम्बन गरेको क्यानले राष्ट्रिय टोलीमा फर्काउने निर्णय गरेको छैन । जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए । सन्दीपमाथि गत भदौ ६ गते एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ । सन्दीप असोज २० गते पक्राउ परेका थिए । ९९ दिन थुनामा बसेपछि सन्दीप थुनामुक्त भएका थिए ।

News by सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै :