चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1002 of 1152
  • 2026-11-22
  • 08:58:49
  • आइतबार,मंसिर ०७, २०८३

About Author

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ। केहीबेरपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ। दलको बैठकमा प्रधानमन्त्रीले २६ पुसमा लिने विश्वासको मत र संसदलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल हुने बताइएको छ। पार्टीभित्र छलफल गरेर सत्ता गठबन्धनमा प्रदेशको नेतृत्व बाँडफाँट गर्ने विषयमा पनि छलफल गर्नेगरी प्रचण्डले सांसदहरुसँग छलफल गर्न लागेको स्रोतले बताएको छ। यसअघि शनिबार माओवादीको पदाधिकारी बैठक बसेको थियो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले ५ सदस्यीय वृहत् वाम एकताका लागि वार्ता टोली समेत गठन गरेको थियो।

News by माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै :