चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 687 of 1165
  • 2026-11-28
  • 05:07:44
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

विद्यालय बन्दको अप्रिय बाटो नरोक्नुस् : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले शिक्षासम्बन्धी विधेयक संसदमा दर्ता मात्रै भएकोले धेरै विषयमा सुधार गर्नुपर्ने पक्षमा आफू भएको बताएका छन्। शिक्षकहरूले विद्यालय बन्द गरी विधेयकका कतिपय प्रावधानको विरोध गर्न काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला थापाले धेरै कुरा समेट्न बाँकी रहेको बताएका हुन्। साथै संसदले धेरै विषयलाई समेट्ने उनको भनाइ छ। ‘प्रस्तावित विधेयकले सरकारको मनसायको प्रस्ताव मात्र हो। विधेयक अब संसद्‌मा आएको छ। अब हामी विधायकहरूले यसमा काम गर्ने हो र सबैको मनसायको कानून बनाउने हो। हामी सबै सरोकारवालाको कुरा सुन्छौं। यो विधेयक ऐन बन्दा यसमा धेरै परिमार्जन संशोधन हुने नै छन्, संशोधन गर्नै पर्ने विषय छन्’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाँच दशकपछि बन्दै गरेको शिक्षा ऐन, सङ्घीय संविधान बनेपछि त्यस अनुरूप बनाइने शिक्षा ऐनले हाम्रो विद्यालय शिक्षाको सन्दर्भमा अहिले भोगेका समस्या र चुनौतीको सम्बोधन गर्ने मात्रै होइन, यो पाँच दशकको अनुभवबाट सिकेर कम्तीमा अबको दुई दशकको समयलाई दिशा निर्देश गर्न सक्ने गरी परिकल्पना गरेर बनाउनु पर्नेछ।’ संविधानको कार्यान्वयनसँग जोडिएको यो कानून पहिला नै आउनुपर्ने भन्दै उनले धेरै कमजोरी रहेको पनि बताएका छन्।