चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1069 of 1158
  • 2026-11-24
  • 20:46:26
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

निर्वाचन भयरहित हुनेमा शंका नगर्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताएका छन्। बुधबार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ अवसरमा शुभकामना आदान–प्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सबै प्रबन्ध मिलाएको दाबी गरे। उनले नेपाल संवत धर्म–संस्कृति, इतिहास परम्परासँग अभिन्न रूपमा जोडिएकाले यसको जगेर्ना आवश्यक रहेकमा जोड दिए। उनले नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र यसको संस्कृति र महत्त्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्न सक्नुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा प्रधानमन्त्री देउवाले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए।  

News by निर्वाचन भयरहित हुनेमा शंका नगर्नुस् : प्रधानमन्त्री देउवा :