चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1089 of 1111
  • 2026-10-09
  • 17:07:13
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

नेत्रविक्रम चन्द विप्लवले गरे सुरक्षा गार्ड फिर्ता

काठमाडौ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफुसँग रहेका सुरक्षा गार्ड (पीएसओ) फिर्ता गरेका छन्। विप्लवले सरकारले उपलब्ध गराएको सुरक्षा टोली आवश्यक नरहेको बताउदै यसअघि नै फिर्ता गरेपनि पछिल्लो समय उनीसँग नेपाल प्रहरीका एक जना असई मात्र रहेका थिए। महासचीव विप्लवले आफुसँग रहेका पीएसओ असईलाई पनि धन्यवाद सहित बिदा गरेको विप्लव नेकपाको मुखपत्रले उल्लेख गरेको छ। पछिल्लो समय ललितपुर जिल्ला अदालतबाट महासचीव विप्लव लगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी भएपछि नेकपाले र सरकारबाट तीन बुदेँ सहमतिमा इमान्दार नभएको आरोप लगाइरहेको छ। पुर्जी आदेशको विरोध, राजबन्दीहरुको रिहाई र मुद्दा खारेजी, महंगी विरुद्ध नेकपा सहितको ४ दलीय मोर्चा आन्दोलनरत रहेकोछ।

News by नेत्रविक्रम चन्द विप्लवले गरे सुरक्षा गार्ड फिर्ता :