चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 114 of 1153
  • 2026-11-22
  • 22:39:09
  • आइतबार,मंसिर ०७, २०८३

About Author

भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग गर्ने आइएफआरसीको घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ ९आइएफआरसी०ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनस्स्थापनाका लागि तत्काल रु. १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ। रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ। आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्‍याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए। आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईँले भनेका छन्, “आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरूसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ, मानवीय सहयोग निरन्तर जारी रहन्छ।” उनले रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय रहेको जनाउँदै प्रारम्भिक राहत र सहयोग गर्न तल्लीन रहेको उल्लेख गरेका छन्। महासचिव चपागाईले बाढीबाट धेरैको ज्यान गएको, मानिसहरू बेपत्ता भएको तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

News by भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग गर्ने आइएफआरसीको घोषणा :