चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 630 of 1156
  • 2026-11-23
  • 20:44:55
  • सोमबार,मंसिर ०८, २०८३

About Author

भूकम्प पीडितहरूको लागि कांग्रेसले दियो पचास लाख

काठमाडौं- जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ। यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा अपील गर्दछ। यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेसले अपील समेत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

News by भूकम्प पीडितहरूको लागि कांग्रेसले दियो पचास लाख :