चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1027 of 1152
  • 2026-11-22
  • 09:08:47
  • आइतबार,मंसिर ०७, २०८३

About Author

यी १३ कम्पनी परे सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा

काठमाडौं -  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ । दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कानुनी दायराभित्र रहेर काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो । कालोसूचीमा राखिएको निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।

News by यी १३ कम्पनी परे सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा :