चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 541 of 1158
  • 2026-11-25
  • 00:40:19
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सेयर बजार ८२ अंकले घट्यो, सबै सेक्टरमा गिरावट

काठमाडौं–  सेयर बजार परिसूचक एक सातामा   २.९ प्रतिशतले घटेको छ। गत साता २८१८ अंकमा रहेको बजार यो साता २७३६ अंकमा झरेको हो। यो साता बजारमा जम्मा ४ दिन कारोबार भयो, जसमा तीन दिन बजार घट्यो भने अन्तिम एक दिन बढ्यो। पहिलो दिन आइतबार ४६.३३ अंक घटेको बजार सोमबार २०.६८ र मंगलबार ३२.२१ अंक घट्यो। साताका लागि अन्तिम कारोबार दिन बुधबार १७.२८ अंक बढ्यो। कारोबार रकम केही घटेको छ। आइतबार १० अर्ब ९ करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा बुधबार ८ अर्ब २३ करोडको भयो। यो साता सबै सेक्टर घटेका छन्। चार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटेका छन्। फाइनान्स, उत्पादन, लगानी र व्यापार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटे। विकास बैंक सेक्टरको गिरावट दर सबैभन्दा न्यून छ। गत साता यही सेक्टर सबैभन्दा धेरै ३.१४ प्रतिशत बढेको थियो। समग्रमा फागुन महिनाको कारोबार सकिएको छ। १ फागुनमा २६७८ अंकमा रहेको बजार अन्तिम दिनसम्म आउँदा २७३६ अंकमा छ। महिनाको बीचमा भने उतारचढाव ठूलै देखियो। १८ फागुनसम्म आउँदा २८९० अंकसम्म पुगेको थियो। जुन अंक ९ भदौ यताकै उच्च हो।

News by सेयर बजार ८२ अंकले घट्यो, सबै सेक्टरमा गिरावट :