१ भ्रष्ट्राचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी, २००३ ले निजी क्षेत्रको भ्रष्टाचार निवारण गर्न राज्यले चाल्नुपर्ने कदमका सम्बन्धमा गरेका व्यवस्थाहरु उल्लेख गर्नुहोस् ।
पृष्ठभूमि
भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको धारा १२ मा निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रणसम्बन्धी व्यापक प्रावधान रहेको देखिन्छ ।
प्रत्येक राज्य पक्षले निजी क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार निवारण गर्न आफ्नो मुलुकको कानुनका आधारभूत सिद्धान्तबमोजिम निजी क्षेत्रमा भ्रष्टाचार नियन्त्रणका मापदण्ड र उपाय अवलम्बन गर्ने र ती उल्लङ्घन गर्नेलाई दण्ड दिने व्यवस्था गर्नेसमेतका व्यवस्था भएको पाइन्छ ।
सन् २०११ मा नेपाल उक्त महासन्धिको पक्षराष्ट्र बनेको अवस्था छ ।
निजी क्षेत्रको भ्रष्टाचार अनुसन्धानको विषयमा मतऐक्यता हुन सकेको देखिदैन ।
भ्रष्टाचार विरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले आफ्नो प्रतिवेदनमा निजी क्षेत्रमा हुने भ्रष्टाचार र आर्थिक अनियमिततालाई भ्रष्टाचार नियन्त्रण ऐनले समेट्न नसकेको औँल्याइरहेको पाइन्छ ।
निजी क्षेत्रको भ्रष्टाचार निवारण गर्न गरिएका व्यवस्थाहरु
निजी क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार निवारण गर्न आफ्नो मुलुकको कानूनका आधारभूत सिद्धान्तहरु अनुरूप हुने गरी निजी क्षेत्रमा लेखा र लेखापरिक्षणका मापदण्डहरु विकसीत गर्न उपायहरु अबलम्बन गर्ने
उपयुक्तता अनुसार त्यस्ता उपायहरुको परिपालना गर्न असफल रहेमा प्रभावकारी आनुपातिक र दुरुत्साहनमुखी, देवानी, प्रशासनिक वा फौजदारी दण्ड दिने व्यवस्था गर्ने
ती उद्देश्य प्राप्त गर्ने उपायहरूमा, अन्य कुराका अतिरिक्त निम्न कुराहरू समावेश हुन सक्नेछन् ः–
-कानून कार्यान्वयन गर्ने निकायहरू र सम्बद्ध निजी इकाईका बीच सहयोगको अभिवृद्धि गर्ने
-राज्य र व्यवसायीहरू बीच करारीय सम्बन्ध राख्न र असल व्यापारिक व्यवहारहरूको प्रयोगमा अभिवृद्धि गर्न तथा स्वार्थ सङ्घर्षको निवारण गरन र सम्बद्ध सबै पेशाहरु र व्यावसायिक क्रियाकलापहरुको सही सम्मानजनक एवं समुचित सम्पादनका लागि आचारसंहिता लगायत सम्बद्ध निजी इकाईहरुको स्वाभिमानको रक्षाको लागि व्यवस्थित मापदण्डहरु र कार्यविधिहरुको विकासको प्रवद्र्धन गर्ने
– संस्थागत निकायहरूको स्थापना र व्यवस्थापनमा संलग्न रहेका कानूनी र प्राकृतिक व्यक्तिहरूको पहिचान गर्ने लगायतका निजी इकाईहरूमा पारदर्शिता प्रवद्र्धन गर्ने उपायहरू उपयुक्तता अनुसार अवलम्बन गर्ने
-सार्वजनिक निकायहरूले व्यापारिक क्रियाकलापको सम्बन्धमा छुट र अनुमति– पत्र प्रदान गर्ने सम्बन्धी कार्यविधिहरू लगायतका निजी इकाईको नियमन गर्ने कार्यविधिहरूको दुरूपयोग हुन रोक लगाउने
– सार्वजनिक पदधारण गरेका व्यक्तिहरूले आफ्नो कार्यकालमा पदमा रहँदा सुपरीवेक्षण गरेका वा त्यस्ता कार्य गर्दा वा काममा रहँदा प्रत्यक्ष रूपमा सम्बन्ध भएका क्रियाकलापसँग त्यस्ता सार्वजनिक अधिकारीहरूले राजीनामा गरे पछि वा अवकास प्राप्त गरेपछि उनीहरूलाई निजी क्षेत्रले काममा लगाउने सम्बन्धमा वा पूर्व सार्वजनिक अधिकारीहरूका व्यावसायिक क्रियाकलाप सम्बन्धमा उपयुक्तता अनुसार र मनासिव समयावधिसम्म प्रतिबन्ध लगाएर स्वार्थ सङ्घर्षमा रोक लगाउने
-निजी प्रतिष्ठानहरूको संरचना र आकारलाई ध्यानमा राख्दै भ्रष्टाचारजन्य कार्यको रोकथाम गर्ने र पत्ता लगाउने कार्यमा सहयोग पाउने सिलसिलामा पर्याप्त आन्तरिक लेखापरीक्षण नियन्त्रण सम्बन्धी व्यवस्थाहरूको विद्यमानता र त्यस्ता प्रतिष्ठानहरूको लेखा र वित्तीय विवरणहरू उपयुक्त लेखापरीक्षण र प्रमाणीकरण कार्यविधिको अधीनमा रहने कुराको सुनिश्चितता प्रदान गर्ने
देहायका कुनै कार्य गर्न रोक लगाउन आवश्यकता अनुरूपका उपायहरू अवलम्बन गर्ने छः–
– वास्तविक श्रेस्ता बाहिरै लेखा राख्नु
-वास्तविक श्रेस्ता बाहिरै वा पर्याप्त रूपमा पहिचान हुन नसक्ने किसिमका कारोवारहरू देखाउनु
– अस्तित्वमै नरहेका खर्चहरू हिसाब किताबमा देखाउनु
-विषयको गलत पहिचान गरी दायित्व उल्लेख गर्नु
– गलत लिखतहरु प्रयोग गर्नु
– कानूनले निर्धाण गरेभन्दा अगावै खातापाता सम्बन्धी लिखतहरु मनसायपुर्वक नष्ट गर्नु
करछुट गर्न योग्य खर्चको निर्धारण गर्दा कसूरजन्य तत्वको स्थापित घुस र भ्रष्ट आचरणलाई प्रोत्साहित गर्ने अन्य खर्चहरुको गणनालाई निषेध गर्ने
निष्कर्ष
विधिशास्त्रीय दृष्टिकोणबाट हेर्दा सार्वजनिक वा निजी जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापबाट आम नागरिक नै पीडित हुने भएकोले निजी क्षेत्रको भ्रष्टाचारजन्य कार्यको अनुसन्धान छानबिन गर्ने क्षेत्राधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई नदिने हो भने निजी क्षेत्रका आर्थिक अनियमिता र अपराध हेर्ने छुट्टै अधिकारसम्पन्न विशेषज्ञ निकाय बनाई एकद्वार प्रणालीबाट निजी क्षेत्रको भ्रष्टाचार र अनियमितताउपर अनुसन्धान र कारबाही हुनु जरुरी देखिन्छ ।
२. विकास मापनका सूचकहरु के के हुन् ? विकासका पूर्वशर्त, विशेषता, मान्यता एवं अवधारणा उल्लेख गर्दै नेपालको विकास व्यवस्थापनका रणनीतिहरुको चर्चा गर्नुहोस् ।
पृष्ठभूमि
विकास एउटा बहुआयामिक प्रक्रिया, आधुनिकीकरणतर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तनसहितको उपलब्धीको समिश्रण हो ।
विकासलाई गतिशील, बहु आयामिक, सामयिक, आवश्यकीय, सकारात्मक परिवर्तनको प्रक्रियाका रूपमा लिन सकिन्छ ।
विकास मापनका सूचकहरु
विकासका पूर्वसर्तहरु
(क) परिमाणात्मक सूचकहरू
प्रतिव्यक्ति आयमा वृद्धि कूल राष्ट्रिय आयमा वृद्धि
उत्पादन क्षमतामा वृद्धि
उद्योगको स्थापना
पुँजीको प्रवाह
मेसिन, प्रविधि र औजारमा विविधीकरण
पूर्वाधारको विकास
प्राकृतिक स्रोत र साधनको समुचित परिचालन
आर्थिक वृद्धि
सहरीकरण
आम्दानी र सम्पत्तिको समान वितरण
(ख) गुणात्मक सूचकहरू
शिक्षा, स्वास्थ्य र पोषण
आत्मनिर्भरता
राजनीतिक स्वतन्त्रता, स्वनिर्णयको अधिकार
राजनीतिक स्थिरता, शान्ति र सुरक्षा
रोजगारीको अवसर
आर्थिक, न्यायिक समानता र मानव अधिकार
सुशासन
सामाजिक सद्भाव
समावेशी विकास
विकासका विशेषताहरु
सकारात्मक परिवर्तन
नवप्रवर्तन
उद्देश्यमा आधारित
निरन्तरता
साधन स्रोत लक्ष्य र परिणाम बीचको अन्तरसम्बन्ध
रणनीतिक व्यवस्थापनको निरन्तर प्रक्रिया
बदलिँदो परिस्थिति अनुरूप माग र आकांक्षाको सम्बोधन हस्तक्षेपकारी कदम
बहुआयामिक
विकासका मान्यताहरु
जनताको जीवन निर्वाहको आवश्यकताको प्रत्याभूति
स्वतन्त्रतापूर्वक बाँच्ने र न्यूनतम मानवीय अधिकार प्रयोग गर्न पाउने अवस्थाको सुनिश्चितता
आत्मसम्मान
सामयिक परिवर्तन अनुरूप विकासका आवश्यकता र रणनीतिमा समायोजन गर्ने भविष्यपरक दृष्टिकोणको प्रयोग
विकासका अवधारणाहरु
कल्याणकारी अवधारणा
आवश्यकताको अवधारणा
आर्थिक अवधारणा
अधिकारको अवधारणा
आधुनिकीकरणको अवधारणा
सामुदायिक विकासको अवधारणा
दिगो विकासको अवधारणा
बजारवादी अवधारणा
नेपालको विकास व्यवस्थापनका आयामहरु
(क) राज्यनिर्देशित विकास रणनीति
विकास नीति, कार्यक्रम तथा योजनामा राजनीतिक वा राज्य संयन्त्रको प्रभावकारी भूमिका
कर्मचारीतन्त्रको प्रत्यक्ष संलग्नता र विज्ञताको उपयोग,
राज्यद्वारा विकेन्द्रीकरण, स्थानीय विकास, निक्षेपण जस्ता संयन्त्रहरूको प्रयोग
नीति, कार्यक्रम तथा योजनाको प्रभावकारिता, समता र उत्तरदायित्व
(ख) बजारनिर्देशित विकास रणनीति
निजी स्वामित्व र उद्यमशीलताको विकास
दबाब समूहको उपस्थिति र सामूहिक सौदाबाजी
विश्वव्यापीकरण, उदारीकरण र निजीकरण
(ग) गैरसरकारी संस्था निर्देशित विकास रणनीति
विकास कार्यमा गैरसरकारी संस्थाहरूको सहयोगी र सहभागिताको भूमिका
राज्य र बजार संयन्त्रबीचको सम्बन्ध सेतु
(घ) समुदाय तथा जनता निर्देशित विकास रणनीति
जनसहभागितामा अभिवृद्धि,
स्वामित्वको भावनाको अभिवृद्धि
निष्कर्ष
राजनीतिक तहमा दूरदर्शिताको अभाव, प्रशासनिक संयन्त्र व्यावसायिक र प्रभावकारी बन्न नसक्नु, निजी क्षेत्रमा सामाजिक भावको अभाव, नागरिक समाज र पेशागत संगठनहरू राजनीतिक आवरणमा रहनु, वैदेशिक सहायता प्राप्ति र उपयोगमा उचित गृहकार्यको अभाव, खर्च गर्न सक्ने क्षमताको अभाव, केही अपवाद बाहेक हरेक प्रशासनिक संयन्त्रमा प्रतिबद्धता र तटस्थताको अभाव जस्ता कारणहरुले विकासले अपेक्षित गति लिन नसकेको देखिदा यी विषयमा आमूल सुधारको खाँचो रहेको छ ।
३. मुलुकी फौजदारी कार्यविधि–२०७४ अनुसार अनुसूची–१, अनुसूची–२, अनुसूची–३ र अनुसूची–४ अन्तर्गत के–कस्ता मुद्दाहरु पर्दछन् ? उल्लेख गर्नुहोस् ।
पृष्ठभूमि
अनुसूची–१ अन्तर्गतका कसूरहरु
अनुसूची–२ अन्तर्गतका कसूरहरु
अनुसूची–३ अन्तर्गतका कसूरहरु
निष्कर्ष
पीडितलाई क्षतिपूर्ति सहितको न्याय प्रदान गर्न तथा कसूरदारलाई सजाय दिलाउन फौजदारी न्यायको व्यवस्था गरिएको हुन्छ । अधिकांश फौजदारी मुद्दाहरु सरकारवादी मुद्दाका रूपमा दायर गर्ने गरिन्छ ।
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100