चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 400 of 1155
2026-11-23
15:38:17
सोमबार,मंसिर ०८, २०८३
About Author
लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)
वैदेशिक रोजगारिको परिचय दिंदै नेपालको सन्दर्भमा वैदेशिक रोजगारिका मुख्य कारणहरुको उल्लेख गर्नुहोस् | (२+३)
वैदेशिक रोजगारि
वैदेशिक रोजगारीभन्नाले आफ्नो देशको सिमानाभन्दा बाहिर, अर्को कुनै देशमा गएर आर्थिक उपार्जनका लागि गरिने शारीरिक वा मानसिक श्रमलाई बुझिन्छ। यो जीविकोपार्जनका लागि सिमित समयका लागि आधिकारिक रूपमा अर्को देशमा काम गर्ने प्रक्रिया हो । यसले व्यक्तिगत आम्दानी बढाउन, परिवारको आर्थिक स्तर सुधार गर्न र विप्रेषण (Remittance) मार्फत देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछ । वैदेशिक रोजगारी नेपालको सन्दर्भमा बढि बाध्यता र कम रहरको रुपमा रहेको देखिन्छ ।
नेपालको सन्दर्भमा वैदेशिक रोजगारिका मुख्य कारणहरु
स्वदेशमा पर्याप्त रोजगारीको अभाव:नेपालमा वार्षिक रूपमा श्रम बजारमा आउने युवायुवतीको संख्याको तुलनामा स्वदेशमा रोजगारीका अवसरहरू ज्यादै न्यून छन्, जसले गर्दा युवाहरू विदेश जान बाध्य हुन्छन् ।
आन्तरिक रोजगारिमा रहेको न्यून पारिश्रमिक:स्वदेशमा गरिने कामबाट उचित कमाइ नहुने र जीवनयापन सहज नहुने हुँदा बढी आम्दानीको खोजीमा विदेश जाने प्रवृत्ति बढेको छ ।
गरिबी र ऋणको बोझ:आर्थिक विपन्नता, ऋण तिर्नुपर्ने दबाब र परिवारको गुजारा चलाउन रेमिट्यान्सको आवश्यकताले मानिसहरूलाई वैदेशिक रोजगारीतर्फ धकेल्छ ।
सीपमुलक र प्राविधिक शिक्षाको कमी:अदक्ष कामदारहरूको वर्चस्व रहेको र स्वदेशमा सीपमूलक रोजगारीको कमीका कारण पनि युवाहरू कम दक्ष कामदारका रूपमा विदेशिन बाध्य छन् ।
गुणस्तरीय जीवनशैलीको चाहना:राम्रो शिक्षा, स्वास्थ्य र समृद्ध जीवनको चाहनाले वैदेशिक रोजगारीलाई एक आकर्षक विकल्पका रूपमा स्थापित गरेको छ ।
विकास योजना भनेको के हो ? कोशि प्रदेशको दोस्रो आवधिक योजनाका मुख्य कार्यक्रमहरुको सम्बन्धमा चर्चा गर्नुहोस् | (१+४)
सम्वृध्द नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्ने खाका
विकास योजना
विकास योजनाभन्नाले निश्चित अवधिभित्र आर्थिक, सामाजिक र भौतिक लक्ष्यहरू हासिल गर्न स्रोत-साधनको उचित व्यवस्था सहित तर्जुमा गरिएको पूर्व-निर्धारित कार्ययोजना वा खाका हो । यसले राज्यको सीमित स्रोतको अधिकतम उपयोग गरी सन्तुलित र व्यवस्थित विकास सुनिश्चित गर्दछ । यो लक्ष्य, रणनीति, कार्यक्रम र परिणामहरू समेटिएको एक आधिकारिक दस्तावेज हो, जसमा दीर्धकालीन, मध्यकालीन र वार्षिक योजनाहरू समावेश हुन्छन् ।
कोशि प्रदेशको दोस्रो आवधिक योजनाका मुख्य कार्यक्रमहरु
स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने”लक्ष्य
त्यसैगरी आर्थिक वर्ष २०८५/८६ सम्ममा गरिबीको रेखामुनी रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । योजना लागु हुने वर्षमा १० प्रतिशत रहेको बेरोजगारीको दरलाई आर्थिक वर्ष २०८५/८६ सम्ममा ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८५/०८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । लैङ्गिक विकासको सूचांक ०.९२ पुर्याउने लक्ष्य राखिएको छ भने मानव विकासको सूचांक ०.६२ पुर्याउने लक्ष्य छ ।
आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्याउने अनुमान गरिएको छ भने विद्युत् उत्पादन २२०० मेगावाट अनुमान गरिएको छ ।
वित्तीय साक्षरता कार्यक्रम
“एक घर एक धारा”
"स्वस्थ माटो, स्वच्छ बाली" अभियान
“वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम”
“वृद्धवृद्धा तथा असहायसँग स्वास्थ्य कार्यक्रम”
कोशी प्रदेश घुम्ती स्वास्थ्य शिविर कार्यक्रम
सडक मानवमुक्त प्रदेशनिर्माणको अभियान
"प्रकृति र संस्कृति, पर्यटनमार्फत समुन्नति”
पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रम
'प्रादेशिक सडक सञ्चालनगुरुयोजना'
News by लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) :