चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 984 of 1164
  • 2026-11-27
  • 14:39:37
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास

बागलुङ– बागलुङमा एक जनाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्। जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्त गंगा बहादुर थापाले जानकारी दिए। जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अंगमा जलेको थापाले बताए। जिसीको धौलागिरी अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गर्न थालिएको सुचना अधिकारी थापाको भनाइ छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

News by बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास :