चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 268 of 1158
  • 2026-11-25
  • 03:30:23
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

पीएसजीले हात पार्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगको उपाधि पीएसजीले हात पारेको छ । आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको हो। हिजो (शनिबार) राति बुढापेस्टमा भएको फाइनलमा आर्सनललाई ४–३ ले हराउँदै पीएसजीले उपाधि हात पारेको हो। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर थप समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। टाइब्रेकरमा आर्सनलका एबेरेची एजे र ग्राबिएल महलहाएसको प्रहार विफल हुँदा पीएसजीले उपाधि पाएको हो। त्यसअघि निर्धारित समयको छैटौँ मिनेटमा काइ हाभर्ट्सको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६५औँ मिनेटमा उस्मान डेम्बेलेको पेनाल्टी गोलमा पीएसजी खेलमा फर्किएको थियो।

News by पीएसजीले हात पार्यो च्याम्पियन्स लिगको उपाधि :