चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 664 of 1161
  • 2026-11-26
  • 11:45:12
  • बिहिबार,मंसिर ११, २०८३

About Author

१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौं- चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो। महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो। आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो। नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ। महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो। नेपाल रहेको समूह ‘बी’ मा इरान र बंगलादेश रहेका थिए। इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेईसित प्रतिस्पर्धा गर्दै छ।  

News by १९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक :