चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 177 of 1152
  • 2026-11-22
  • 09:23:19
  • आइतबार,मंसिर ०७, २०८३

About Author

इङल्यान्डलाई २–१ गोलले हराउँदै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ– अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इङल्यान्डलाई २–१ गोलले हराउँदै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको छ। यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो। खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो। खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए। तर ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए। अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए। यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो।

News by इङल्यान्डलाई २–१ गोलले हराउँदै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश :