चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1050 of 1108
  • 2026-10-08
  • 12:03:11
  • बिहिबार,आश्विन २२, २०८३

About Author

पर्यटन व्यवसायी भन्छन् : बैंकको चर्को व्याजले व्यवसाय धान्न सक्दैनौँ

पोखरा– वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन्। महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा सङ्कट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने भन्दै एक अङ्कको ब्याजमा ऋण उपलब्ध गराएर सहजता प्रदान गर्नुपर्ने बताएका हुन्। उनले पछिल्लो समय वित्तीय संस्थाले व्याज बढाउँदा व्यवसायीमा थप आर्थिक सङ्कट निम्त्याएर व्यवसायबाट पलायन हुने स्थितिमा पु¥याउन लागेको बताए। निकै ठूलो लगानी रहेको पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर व्यवसायीलाई सहुलियतरूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन उनले आग्रह गरे। उनले आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटन मैत्रीनीति अवलम्बन गर्न सरकारले निकै ढिला गरेको गुनासो गरे। यस क्षेत्रका समस्यालाई यथाश्क्य सम्बोधन गर्न उनको आग्रह थिय । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले पछिल्लो समय व्यवसायमा महिलाको सहभागिता निकै बढ्दै गएको र यसले आर्थिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको धारणा राखे। उनले महिलाको आर्थिक सशक्तीकरणका लागि सङ्घले पर्यटन व्यवसायी महिलासँग सहकार्य गरेर अघि बढ्ने बताए। कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सबैको साझा सोच र धारणाको आवश्यता औँल्याए। पर्यटन क्षेत्रमा महिलाको उपस्थिति र सहभागिता बढ्दै गए पनि निर्णायक तहमा अझै पुग्न नसकेको उनको भनाइ थियो। संस्थाका अध्यक्ष पार्वती पाण्डेले महिला पर्यटन व्यवसायी कुनै कार्यक्रममको शोभा बढाइदिने जमातको रुपमा मात्र नलिएर उनीहरुको योगदानको मूल्याङ्कन गरेर फोरम उपलब्ध गराउनुपर्ने धारणा राखिन्। उनले महिलाको संस्था भन्दै पुरुषवादी सोचले हेर्दा अझै पनि कतिपय अवसरबाट बञ्चित हुनुपरेको यथार्थतालाई प्रस्तुत गरिन्।

News by पर्यटन व्यवसायी भन्छन् : बैंकको चर्को व्याजले व्यवसाय धान्न सक्दैनौँ :