चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 614 of 1156
  • 2026-11-23
  • 17:36:46
  • सोमबार,मंसिर ०८, २०८३

About Author

घरेलु टिमलाई ब्याटिङको निम्तो

  काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाले घरेलु टोली भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले फिल्डिङको निर्णय गरे । घरेलु टिमलाई ब्याटिङको निम्तो दिए । दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदै छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् । विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

News by घरेलु टिमलाई ब्याटिङको निम्तो :