चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 596 of 1154
  • 2026-11-23
  • 12:12:55
  • सोमबार,मंसिर ०८, २०८३

About Author

ऐन संशोधन गर्ने विषयमा विगत र अहिलेको सरकारमा केही भिन्नता छैन : महामन्त्री थापा

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको बताएका छन्। आज (सोमबार) कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरूको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले ऐन संशोधन गर्ने विषयमा विगत र अहिलेको सरकारमा भिन्नता नभएको आरोप समेत लगाए लगाए। उनले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफू अनुकूलको ऐन संशोधनको लागि प्रस्तावहरू आउन थालेको बताए। उनले केही वर्षदेखि नेपाल ऐन संशोधनमा विकृति बढ्दै आएको भन्दै बाहिर प्रश्न उठ्दै आएको बताए। महामन्त्री थापाले भने,‘नेपाल ऐन संशोधन केही समयदेखि विकृत हुँदै गयो। लगातार केही वर्षदेखि प्रश्न र विवेचना हुँदै आएको छ। हामीहरूको आसन फेरिएको छ। तर हाम्रो तरिका फेरिएन।’

News by ऐन संशोधन गर्ने विषयमा विगत र अहिलेको सरकारमा केही भिन्नता छैन : महामन्त्री थापा :