चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 822 of 1153
  • 2026-11-22
  • 21:17:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रुकुमपश्चिम जीप दुर्घटना : पाँचको मृत्यु, १० जना घाइते

रुकुमपश्चिम  - रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकामा आज (बिहीबार) बिहान भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ७ बजे बाँफीकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर पाँच जनालाई उपचारका लागि रुकुमपश्चिमको खंलगा लगिएको छ । गम्भीर पाँच जनालाई उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय (बाँफिकोट, रुकुमपश्चिम) का वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिइन् ।