चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 816 of 1152
  • 2026-11-22
  • 10:03:21
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गुजरातलाई हराउँदै चेन्नईले जित्यो पाँच पटक आईपीएलको उपाधि

काठमाडौं -  चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । गए राति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । योसँगै चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

News by गुजरातलाई हराउँदै चेन्नईले जित्यो पाँच पटक आईपीएलको उपाधि :