चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 799 of 1152
  • 2026-11-22
  • 11:29:10
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मन्त्रिपरिषद् बैठकले बैकुण्ठ मुख्यसचिव र वैरागी प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गर्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधामन्त्री निवास बालुवाटारमा बैठक ९ बजेका लागि बोलाइएको छ। आजको बैठकमा मुख्यसचिव र राजदूत नियुक्ती गर्ने तयारी छ। प्रधानमन्त्री कार्यालयमा रहेका सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ। हालका मुख्यसचिव शंकरदास वैरागीलाई मन्त्री स्तरको सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार वा राजदूतमा व्यवस्थापन गर्ने तयारी छ। मुख्यसचिवको कार्यकाल नसकिँदै वैरागीलाई अन्त व्यवस्थापन गर्न लागिएको हो। मुख्यसचिव हुन लागेका अर्याल आगामी असार २ मा अवकासमा जानेमा थिए। वैरागी परराष्ट्र सेवाबाट मुख्यसचिव बनेका थिए। उनले राजदूतको रुपमा भारत,चीन र अमेरिका नपाउने भए आफूलाई नेपालमै व्यवस्थापन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको स्रोत बताउंछ। परराष्ट्र सचिव भरत पौडेललाई समेत क्यानडाको राजदूत बनाउने तयारी छ। उनको ठाउँमा सेवा लम्शाल परराष्ट्र सचिव बन्ने लगभग निश्चित छ। यसपटक सचिवका लागि तीन जनाको सिफारिस समेत आवश्यक नपर्ने भएको छ। लम्शाल सबैभन्दा सिनियर सहसचिव हुन्। संयुक्त राष्ट्रसंघका लागि स्थायी राजदूतमा लोकबहादुर थापाको सम्भावना छ। उनि यसअघि ब्रसेल्समा राजदूत समेत थिए। न्युयोर्कका लागि परराष्ट्र सचिव समेत लविङमा छन्। तर, उनको कार्यसम्पादनबाट प्रधानमन्त्री दाहाल सन्तुष्ट नभएकाले उनलाई अन्तै व्यवस्थापन गर्ने सम्भावना बढी छ। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको कार्यसम्पादन समेत कमजोर भएको बताइन्छ। उनलाई फिर्ता बोलाएर चीन अर्कै व्यक्तिलाई राजदूत बनाउने सम्भावना समेत बढेर गएको छ। पूर्व राजदूत युवनाथ लम्शाललाई समेत आजै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार बनाउने सम्भावना छ। अहिले थाइल्याण्ड, फ्रान्स, कुवेत, जेनेभा, युएई, क्यानडा र न्युयोर्क गरेर सात ठाउँ रिक्त छ। रिक्त रहेका सबै नियोगमा परराष्ट्र सेवा कर्मचारी राजदूत थिए। अहिले पनि परराष्ट्र सेवाबाटै राजदूत पठाउने तयारी भएपनि केही ठाउँ राजनीति क्षेत्रबाट समेत राजदूत पठाउनुपर्ने लविङ भइरहेको छ। थापा,पौडयाल, तेजबहादुर क्षेत्री, सुधिर भट्टराई र घनश्याम लम्शाल राजदूत बन्ने निश्चित छ। राजदूतका लागि धनबहादुर ओली र रामप्रसाद सुवेदी समेत दौडमा छन्।

News by मन्त्रिपरिषद् बैठकले बैकुण्ठ मुख्यसचिव र वैरागी प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गर्ने :