चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 729 of 1153
  • 2026-11-22
  • 17:25:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए । यस्तै, बैठकको पहिलो दिन १७ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा राखेका छन् । मंसिर हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

News by माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने :