चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 628 of 1153
  • 2026-11-23
  • 00:39:04
  • आइतबार,मंसिर ०७, २०८३

About Author

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले जारकाेट केन्द्रबिन्दु भइ गएकाे शक्तिशाली भूकम्पबाट भएकाे जनधनकाे क्षतिप्रति गहिराे दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री माेदीले सामाजिक सञ्चालमार्फत् दु:ख व्यक्त गरेका हुन्। उनले मानवीय र भाैतिक क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्री माेदीले भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र सबै सम्भव सहयोग गर्न तयार रहेकाे पनि जनाएका छन्। गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन्।

News by भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त :