चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 941 of 1152
  • 2026-11-22
  • 09:27:42
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहेका छन् । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ । बन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिना देखि रिक्त छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिएसँगै गृह, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो । आइतबार राप्रपाका मन्त्रीहरूले राजीनामा दिए पछि ऊर्जा, जलस्रोत, सहरी विकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।

News by मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त :