चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 907 of 1153
  • 2026-11-23
  • 08:04:35
  • सोमबार,मंसिर ०८, २०८३

About Author

नवनियुक्त आइजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं-  नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । चैत १० गतेदेखि २९औँ आईजीपी धिरजप्रताप सिंहले अनिवार्य अवकाश पाएपछि नयाँ आईजीपी नियुक्त भएका हुन् । कुँवरले आईजीपी नियुक्त हुनु २ दिनअघि मात्रै चैत ८ गते एआईजीपीमा बढुवा भएका थिए । कुँवरसँगै एआईजीपीमा बढुवा भएका टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि महानिरीक्षकको दौडमा रहेका थिए ।

News by नवनियुक्त आइजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान :