चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 658 of 1152
  • 2026-11-22
  • 11:16:59
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरूबिचको सिकार बन्ने खतरा छ : लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाको सिकार बन्नसक्ने खतरा रहेको बताएका छन्। आज (मंगलबार) राप्रपाले काठमाडौँमा आयोजना गरेको नेपालको ‘परराष्ट्र नीतिस् विगत, वर्तमान र भविष्य’ विषय विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्। यस्तै उनले अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणीसमेत गरे। उनले नेपालले देश(देशहरूसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाए। सरकारले छिमेकी देशहरूसँग लिने ऋण सहयोगसमेत कमिसन,व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उनको आरोप छ। विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितिमा नेपाल रहेको उनले बताए। ‘अहिले नेपाल शक्तिराष्ट्रहरूको प्रतिस्पर्धास्थानमा परिणत भएको छ। सरकारको कमजोरीको कारण कुनै पनि बेला शक्तिराष्ट्रहरूबीचको प्रतिस्पर्धाको सिकार नेपाल बन्नसक्ने खतरा छ। नेपालले शक्ति राष्ट्रहरू र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी छ, ‘उनले भने।

News by नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरूबिचको सिकार बन्ने खतरा छ : लिङ्देन :