चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 364 of 1151
  • 2026-11-21
  • 09:47:10
  • शनिबार,मंसिर ०६, २०८३

About Author

यी १६ जना बन्दैछन् एमालेबाट समानुपातिक सांसद

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ। यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम छनोटमा व्यस्त छन्। आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको सूची पठाउन बिहीबार ६ दललाई पत्राचार गरेको थियो। आयोगको पत्र पाएपछि ६ वटै दल बन्दसूचीमा रहेका नामहरूमध्येबाट क्लष्टर मिलाउन लागि परेका हुन। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले १४ लाख ५३ हजार ४०८ मत पाएको छ। यसका आधारमा उसका समानुपातिक १६ सांसद हुने भएकाले ती सांसदहरुको लिस्ट तयार गरेर एमालेले आइतबार बुझाउने तयारी गरेको छ। एमालेका एक नेताका अनुसार आयोगले दिएको समयमा लिस्ट बुझाउनेगरी सर्टिङको काम भइरहेको छ। १६ जना समानुपातिक सूचीबाट ३३ प्रतिशत महिला पर्नेछन्, जसमा आदिवासी जनजाति, खस आर्य, मुस्लिम, थारु क्लस्टबाट पनि समेट्नुपर्नेछ। दुवैतर्फ २५ सांसद जितेको एमालेले त्यसको ३३ प्रतिशत महिला पठाउँदा नौ जना हुनुपर्नेछ। जसअनुसार बन्दसूचीमा रहेका महिलाहरुमध्ये भूमिका लिम्बू सुब्बा (आदिवासी जनजाति), पद्मा अर्याल (खस आर्य), एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), विष्णुमाया विक (दलित), मञ्जुकुमारी चौधरी (थारु), रिगंला यादव (मधेशी) र साजिदा खातुन सिद्दिकी (मुस्लिम)पर्ने लगभग पक्का जस्तै छ। महिला कल्स्टरबाट थप एक महिला समेटिने बताइएको छ। त्यसैगरी सोनाम छिरिङ लामा (पिछडिएको क्षेत्र), रामबहादुर थापा (आदिवासी जनजाति), गुरुप्रसाद बराल (खस आर्य),जितबहादुर दर्जी गौतम (दलित), कृपाराम राना (थारु), चन्द्रश्वर मण्डल (मधेशी) र एजाज आलाम (मुस्लिम) क्लष्टरबाट छानिने देखिन्छ। यसैगरी थप एक जना महिला जुन क्षेत्रबाट पठाए पनि हुने देखिएको छ। प्रत्यक्षतर्फ नेकपा एमालेबाट एक जना पनि महिलाले नजितेकाले नौ जना महिलाले स्थान पाउने भएका हुन्।  

News by यी १६ जना बन्दैछन् एमालेबाट समानुपातिक सांसद :